अरु कलाकार जस्तो अभिनेत्री बर्षा सिवाकोटी धेरै खुल्दिनन् । उनी आफूलाई रिजर्भ राख्न चाहन्छिन् । फिल्ममा काम गर्न थालेपछि म्यूजिक भिडियोमा चलेकी यी अभिनेत्रीले सानो पर्दामा काम गर्न छाडिन् ।

उनलाई लाग्छ, म्यूजिक भिडियोमा काम गर्दा फेस भ्यालू घट्छ । यतिमात्र होइन, उनले त भिडियोमा काम गरेकै कारण धेरै कलाकार चल्न नसकेको समेत बताएकी छिन् । टीभीमा धेरै देखिदा केही अभिनेता र अभिनेत्री चल्न नसकेको उनको भनाई छ ।

यसैले, फेस भ्यालू कम नहोस् भनेर उनले भिडियोमा काम गर्न कम गरेकी रहिछन् । उनले भनेको कुरा पनि धेरै हदसम्म सत्य हो । भिडियोमा धेरै काम गरेकै कारण केकी अधिकारी, वेनिशा हमाल, रीमा विश्वकर्मा जस्ता मोडल फिल्ममा चल्न सकेका छैनन् । तर, भिडियोमा काम गर्न कम गरेपछि के बर्षाको फेस भ्यालू बढ्यो त ?

For More videos Log on to Mazzako TV