कात्तिक २ अर्थात लक्ष्मी पूजाका दिन प्रदर्शन हुने फिल्म ‘रुद्रप्रिया’ को एक गीत महंगो सेट लगाएर खिचिएको छ । बन्दीपुरमा लगाइएको उक्त सेटको करिब १८ लाख खर्च भएको निर्मात्री रेखा थापाले बताइन् । ‘सेट भव्य नै बनेको छ’, रेखाले भनिन् ‘सेट अनुसारको सबै काम भव्य भैरहेको छ ।’


गीत खिच्नका लागि तयार पारिएको सेटलाई बत्ति नै बत्तिले सजाइएको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन सिग्देल फिचरिङ छन् । कोरियोग्राफी प्रविण सिंहको छ । ‘कत्ति राम्री क्या राम्री’ बोलको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । बन्दीपुरपछि पोखराको सुटिङ सकेर ‘रुद्रप्रिया’ टोली काठण्माडौं फर्किनेछ । सुदीप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्मलाई संजय लामाले खिचिरहेका छन् । ‘रुद्रप्रिया मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV