यस वर्षको ‘नेम्पा फिल्म अवार्ड २०१७’ अमेरिकाको डलासमा हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘नेम्पा फिल्म अवार्ड’ यहि २०१७ सेप्टेम्बर २ का दिन अमेरिकाको डलासमा आयोजना हुने जानकारी गराईएको हो । नेपाल चलचित्र संघले डिएबिएस इन्टरटेन्टमेन्ट डलास अमेरिकासँगको सहकार्यमा गर्ने अर्वाडमा जम्मा १८ विधा रहने छन् ।

चलचित्र संघका अध्यक्ष प्रदीप उदयका अनुसार, अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँने एक जना विशिष्ट व्यक्तित्वलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ । ‘नेप्मा फिल्म अवार्ड’ मा भिड्नका लागि ४४ नेपाली फिल्म दर्ता भएका छन् । आषाढ ११ गते देखि ३ सदस्यीय जुरीले फिल्महरुको मूल्यांकनको गर्ने छन् । जुरीले अवलोकन गरेपछि उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिने अध्यक्ष उदयले जानकारी दिए ।

For More videos Log on to Mazzako TV