‘म यस्तो गीत गाउँछु’को ‘किन आजकल’ गीतको भिडियो रिलिज
असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ अहिले गीतसंगीतका कारण बढी चर्चामा छ । फिल्मका समावेश गीतहरुको अडियो जुकबक्स हिट भैसकेकाले पनि दर्शक फिल्म हेर्न उत्साहित देखिएका छन् ।

फिल्ममा समावेश ‘किन आजकल तिम्रो मन मैले भो’ बोलको गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा आवाज रहेको गीतमा अम्बिका शर्माको शब्द छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्माको गजबको केमेष्ट्री हेर्न सकिन्छ । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको यो फिल्ममा सुदर्शन र पूजाको लगानी छ ।
फिल्ममा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ ।








