प्रेममा बारम्बार धोका खाएकी अभिनेत्री हुन् नम्रता सापकोटा । अभिनेत्री सापकोटाको मिडियामा प्रेमका खबर खुबै आउथ्य । तर, अहिले उनी प्रेमबाट केही टाढा देखिएकी छिन् ।

अभिनेत्री सापकोटा अहिले आफूलाई सिंगल बस्दा नै रमाइलो लागिरहेको बताउँछिन् । मिडियादेखि साथीभाइसँग समेत विन्दास कुराकानी गर्न रमाउने यी अभिनेत्री प्रेममा रहँदा धेरै नै सोचेर बोल्नुपर्ने बताउँछिन् ।

उनले भनिन्–‘प्रेममा रहँदा धेरै नै सोचेर बोल्नुपर्ने थियो । तर, अहिले त कसैले रोक्दैन ।’ उनले प्रेममा पर्नुभन्दा सिंगल जीवन नै आनन्दको हुने समेत सुनाइन् । प्रेममा रहँदा प्रेमीको तस्बिर फेसबुकमा खुबै राख्ने गरेकी नम्रता अब भने करिअरमा बढी फोकस रहेको सुनाउँछिन् । फिल्म ‘छक्का पन्जा’ पछि अभिनेत्री ‘कान्छी’ नामक फिल्ममा काम गर्दैछिन् ।

For More videos Log on to Mazzako TV