यस्तो छ ‘प्रेमगीत २’को ट्रेलर, कती सुहायो प्रदिप र अश्लेषाको जोडी ?
अभिनेता प्रदिप खड्काले फिल्म ‘प्रेमगीत २’का लागि मिहिनेत गरेको देखिएको छ । सार्वजनिक ट्रेलरमा प्रदिपले फिल्मका लागि शरीर घटाउनदेखि बढाउनेसम्मको काम गरेका छन् । साथमा, उनले फिल्मको द्धन्द्धात्मक दृश्यका लागि पनि खुबै मिहिनेत गरेका छन् ।

साउन १३ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलर राजधानीमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक भयो । सार्वजनिक ट्रेलरमा नेपालमा बस्ने प्रेम र म्यानमारमा बस्ने गीतको प्रेम देखाइएको छ ।
गीतका लागि प्रेमले गरिएको युद्ध नै फिल्मको मुख्य कथावस्तु हो । सन्तोष सेनको निर्माणमा तयार भएको यो फिल्मलाइ रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन अब्बल रहेको ट्रेलर हेरेपछि वुझ्न सकिन्छ । द्धन्द्ध निर्देशक अष्ट महर्जनले पनि द्धन्द्धमा खुबै मिहिनेतले काम गरेका छन् ।








