अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्कीको प्रेम चर्चा नेपाली मिडियाका लागि नयाँ होइन । केही महिनादेखि प्रेममा रहेको यो जोडीले सार्वजनिक रुपमै भने प्रेम स्विकार गरेको  थिएन ।
तर, शनिबार काठमाण्डौमा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा भने आयुष्मानले प्रियंकालाई आफ्नी प्रेमिका भनेर परिचित गराए । ‘उत्कृष्ट नव–अभिनेता’को विधामा अवार्ड पाएपछि स्टेजमा पुगेका आयुष्मानले अभिनेत्रीलाई आफ्नी प्रेमिका भनेर चिनाएका थिए ।

अवार्ड हेर्नका लागि अभिनेत्रीकी आमा, आयुष्मानकी आमा र भाई पनि पुगेका थिए । एउटै रोमा बसेर प्रियंका र आयुष्मानकी आमा रविना देशराजको गफगाफ गजबको थियो ।
यस्तै, अभिनेत्री कार्कीले पनि ‘उत्कृष्ट अभिनेत्री’को विधामा अवार्ड पाइन् । अवार्ड पाएपछि अभिनेता देशराजले कार्कीलाई बोकेर ओठमा चुम्बन गरेको दृश्य कार्यक्रमको हाइलाइटमा रहेको थियो ।

Watch Video Here :-

For More videos Log on to Mazzako TV