शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘तारेभीर’ले सन्तोषजनक ब्यापार गरको छ । एक्सन प्रधान फिल्मले मोफसलमा उत्साहजनक ब्यापार सुरु गरेको छ । उपत्यकामा ६० प्रतिशत अकुपेन्सी ओगटेको निर्देशक प्रेम सुब्बाले बताए । फिल्ममा रेखा फागो, नविन कार्की, विष्णु चेम्जोङ लगायतको मुख्य भूमिका छ ।

डि.के देवानको लगानी रहेको फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका छन् । फिल्ममा महिला प्रहरीलाई झनै सशक्त रुपमा प्रस्तुत गरिएको छ । निर्माता डि.के. देवानले फिल्मले देशभर उत्साहजनक ब्यापार गरिरहेको जानकारी दिए ।

For More videos Log on to Mazzako TV