प्रदर्शनका लागि तयार भएको फिल्म ‘द मंगोलियन हार्ट’को विशेष प्रदर्शन आयोजना भएको छ । बागबजारमा रहेको सिटिम्याक्स फिल्म हलमा दर्शकको उल्लेख्य सहभागीताका साथ विशेष शो आयोजना गरिएको हो । निर्देशक एलआर लामाका अनुसार फिल्मको कथावस्तुले दर्शकको मन छोएको छ ।

यो फिल्ममा रोशनी ब्लोन, आरएल लामा, प्रतिक्षा खड्का, धिरन शाक्य, सुसिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायतका कलाकारले अभिनय गरेका छन् ।

आरएल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा एलआर लामाको कथा, लेखन तथा निर्देशन रहेको फिल्म खड्ग लामा मोक्तानको प्रस्तुतिमा निर्माण भएको हो । देबिका खड्का र माया लामाले निर्माण सहकार्य गरेको फिल्ममा अम्रित र रिमेशको संगीत ,शंकर महर्जनको द्धन्द्ध , रामेस्वर हुमागाइको छायांकन छ । अन्तरजातिय कथालाई यो फिल्मले उठान गरेको छ ।

For More videos Log on to Mazzako TV