‘ऐश्वर्या’को अडान कायम रहला ?
अभिनेता रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्या’लाई अहिले तनाव भएको छ । कारण, यो फिल्म सर्दा सर्दै तिहारमा पुगेको थियो । डेढ करोड वरिपरीको बजेटमा तयार भएको फिल्मले लगानी उठाउन मात्र पनि ५ करोड माथिको व्यापार गर्नुपर्छ । 
यो फिल्म सुरुमा दशैमा रिलिज हुने कुरा थियो । तर, पछि दशैबाट पछि सर्दै फिल्म तिहारमा पुग्यो । कात्तिक १ गतेबाट फिल्म रिलिज हुने पक्का भयो । तर, यो मितिमा अहिले रेखा थापा निर्मित तथा अभिनित फिल्म ‘रुद्रप्रिया’ र अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’ रिलिज हुने कुरा छ । यी दुई फिल्म तिहारमा आएको खण्डमा ‘ऐश्वर्या’लाई समस्या पर्न सक्छ ।
फिल्मका कलाकार तथा निर्माता रमेश उप्रेती त आफूहरुले पहिले यो मिति पक्का गरेको भन्दै कात्तिक १ गते नै फिल्म प्रदर्शन गरिने अडान गरिरहेका छन् । तर, रमेश, केकी अधिकारी र दीपिका प्रसाँई अभिनित फिल्मको अडान कायम रहला ? दिवाकर भट्टराई निर्देशित यो लभ स्टोरी फिल्मलाई प्रदर्शनकै समस्या देखिएको छ ।
For More videos Log on to Mazzako TV







