समिरको ‘द हार्ट बिट’ यसरी आयो
गायक समिर लिम्बुको पहिलो गीति एल्बम ‘द हार्ट बिट’ सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार प्रकाश गुरुङ,गायिका कुन्ती मोक्तान, संगीतकार राजु सिंह, संगीतकार बसन्त सापकोटा, गायक तारा लक्सम लिम्बुले सयुक्त रुपमा एल्बम बिमोचन गरेका हुन् । एल्बममा समावेश ७ वटा गीतहरु मध्ये ३ वटा गीतको म्युजिक भिडियो समेत कार्यक्रममा देखाइएको थियो ।

गायकले आफ्ना गीतहरुमा समाजमा घटेका यथार्थ घटनाहरुलाई चित्रण गरेका छन । ‘तिमीले त सजिलै भुलिदियोउ’ बोलको गीतमा गायकले समलिंगी प्रेम सम्बधलाई पहिलो पटक भिडियो मार्फत देखाउन खोजेका छन । भिडियोमा त्रोयेश न्यौपाने र बरुण जंग लिम्बुले निभाएका छन् । एल्बमलाई ब्लाक लाईट ईन्टरटेमेन्टले बजार ल्याएको हो ।
For More videos Log on to Mazzako TV







