जेठमा २ अभिनेत्री निर्माणमा असफल
जेठ महिना २ जना सुन्दर अभिनेत्रीका लागि खासै सुखद रहेन । विशेषगरि, २ अभिनेत्रीले जेठ महिनामा आफू निर्मित फिल्म रिलिज गरे । तर, दुबैले निर्माण गरेका फिल्म असफल साबित भएपछि उनीहरु निर्माणमा असफल देखिएको चर्चा चल्ने गरेको छ । 
अभिनेत्री छुल्ठिम गुरुङले निर्माण तथा अभिनय गरेको फिल्म ‘डायरी’ जेठ ५ गतेबाट रिलिज भयो । तर, फिल्मले सफलता हात पार्न सकेन । फिल्म रिलिजसँगै छुल्ठिम अहिले फिल्म ‘नेप्टे’को छायांकनमा व्यस्त छिन् । छुल्ठिमले ‘नोभेम्बर रेन’बाट बनाएको क्रेज पनि बचाउन सकिनन् ।
यस्तै, जेठ २६ गतेबाट अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ रिलिज भयो । यो फिल्मको व्यापार पनि सुखद बनेन । जसले गर्दा ऋचा पनि निर्माणमा असफल ठहरिइन् । ऋचा अभिनयमा भने राम्री कलाकार हुन् ।
कलाकारहरु फिल्म निर्माणमा पनि अग्रसर हुन थालेका छन् । तर, तरिका मिलाएर फिल्म रिलिज गर्न नजान्दा उनीहरु असफल भएको देखिन्छ ।
For More videos Log on to Mazzako TV







