मोडल तथा नायक बिमलेष अधिकारी र पुर्नी गुरुङ्ग अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक पुष्प गजमेरको ‘आवाज’ एल्बममा समावेश ‘एउटा साथी छ’ बोलको यस गीति भिडियोमा बिमलेष र पुर्नीको मज्जाको केमेष्ट्री देख्न सकिन्छ ।

प्रजित रानाले निर्देशन गरेको यस भिडियोलाई अमेरिकामा छायांकन गरिएको हो । केही समय अघि अमेरिकाको एक्रोन सहरमा एक भब्य कार्यक्रमको आयोजना गर्दै गायक गजमेरको एल्बम ‘आवाज’ सार्वजनिक गरिएको थियो । एल्बममा ६ वटा गीत समावेश गरिएको छ । ‘भिडियोबाट निकै राम्रो प्रतिक्रिया मिलिईरहेको छ’, गायक गजमेर निकै खुशी हुदै भन्छन्, ‘अब अरु गीतहरुको पनि क्रमश भिडियो बनाउदै जाने सोच छ ।’

निकै लामो समय देखि नेपाली गीत संगीतमा तल्लीन गजमेरले एक्रोन सहरमा हिमालय म्युजिक एकाडमी नामक संगीत विद्यालय पनि सञ्चालन गर्दै आएका छन् ।

Watch Video Here :-

 

For More videos Log on to Mazzako TV