स्थानिय निर्वाचनका कारण प्रदर्शन मिति प्रभावित भएपछि निर्माता तथा अभिनेता हसनराजा खान केही समय तनावमा थिए । फिल्म रिलिज गर्ने भनेर तोकिएको वैशाख २९ गतेको मितिमा निर्वाचन पर्ने भएपछि उनले नयाँ मिति खोजिरहेका थिए । अब, हसनले आफू निर्मित फिल्म ‘रोमियो’को प्रदर्शन मिति पक्का गरेका छन् ।
यो फिल्म अब कात्तिक १७ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । शंकर कार्कीले निर्देशन गरेको यो फिल्ममा हसनका साथमा नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

वितरण कम्पनी एफडीसँगको सहकार्यमा कात्तिक १७ लाई फाइनल गरिएको उनले बताए । यो फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले सर्वाधिक हिट छ ।

For More videos Log on to Mazzako TV