आखिर पुजाले भर्खर के थाहा पाइन् ? (भिडियो)
पछिल्लो समय ‘सेल्फि २’ को ‘ट्युसन पढाउँछु’ गीत बाट चर्चामा आएकी प्रतिभावान गायिका पुजा सुनुवारको नँया गीतको भिडियो सार्वजनिक भएको छ । हालै उनको ‘यो मन मेरो’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । डि.पी खनालको शब्द रहेको उक्त गीतमा शंकर थापाको संगीत छ । रोमान्टिक शैलिको गीतको भिडियोको छायांकन दुबइका विभिन्न स्थानमा गरिएको हो ।

मोडेल मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन् । रोहित बिक्रम कार्की र बिरेन्द्र भट्टले खिचेको भिडियोका सम्पादक निशान घिमिरे हुन् । हेर्नुहोस् भिडियो :








