‘हर्के राजा’ बन्दै विराज
‘जय परशुराम’ फिल्म असफल भएपछि अभिनेता विराज भट्ट हराए । अब, उनलाई नेपाली फिल्मका दर्शकले पत्याउन छाडेको चर्चा पनि गरियो ।

कुनै समय नेपाली फिल्म नगरिमा सुपरस्टारको दर्जा पाएका विराज अहिले भोजपुरीका स्टार भएका छन् । तर, नेपाली फिल्ममा उनलाई गतिलो कमब्याक गर्न गाह्रो परिरहेको छ ।
उनै, विराज भट्ट अब नयाँ फिल्मको साथमा दर्शकमाझ आउँदैछन् । विराजका अनुसार उनले अब फिल्म ‘हर्के राजा’मा काम गर्ने तयारी गरेका छन् । साउनको २९ गतेबाट यो फिल्मको छायांकन सुरु हुनेछ ।
आफू नेपाली र भोजपुरी फिल्मको संकृती जोड्नका लागि काम गरिरहेको उनले बताए । नेपाली फिल्ममा स्टारडम कामय रहिरहेको समयमा विराज एकाएक भोजपुरी फिल्मतिर लागेका थिए ।
For More videos Log on to Mazzako TV







