बलिउड फिल्मका चर्चित पाश्र्व गायक कुमार सानु अब नेपालमा गुञ्जने भएका छन् । ५ सय बढी नेपाली गीत गाएका कुमार सानुले भारतका चर्चित फिल्ममा गीत गाएका छन् । उनै, सानुलाई असार ३१ गते काठमाण्डौको याक एन्ड यती होटलमा ल्याउने तयारी गरिएको छ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था मुभेज इन्टरनेशनलले अभिनेत्री श्वेता खड्कको संस्था ‘श्वेता श्री फाउन्डेशन’को सहयोगार्थ कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

कुमार सानुको साथमा नेपालका चर्चित गायकहरु रामकृष्ण ढकाल, सुगम पोखरेल, गायिका देविका बन्दना, अभिनेत्री नीशा अधिकारी, हाँस्य कलाकार जीतु नेपालले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

For More videos Log on to Mazzako TV