‘म यस्तो गीत गाउँछु’ ट्रेन्डिङ्गमा नम्बर वान
युट्युबमा अपलोड गरिएको २४ घण्टा नपुग्दै चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर नेपालको युट्युब ट्रेन्डिङ्गमा नम्बर वानमा परेको छ । प्रेम, रोमान्स र विछोडको कथालाई आकर्षक ढंगले प्रस्तुत गरिएको ट्रेलरलाई यो समाचार तयार पारुन्जेल सम्म ३ लाख २२ हजार पटक भन्दा बढी हेरिएको छ । सिनेमाको यो प्रचार सामाग्रीलाई शुक्रबार साँझ युट्युबमा अपलोड गरिएको हो ।

सुर्दशन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पल शाह र पुजा शर्माको जोडीलाई मुख्य भुमिकामा देख्न पाईनेछ । सिनेमामा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मा संजय लामाको छायांकन,प्रितम पाण्डेको सम्पादन, अर्जुन पोख्रेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ ।
‘म यस्तो गीत गाउँछु’ यही असार ३० गते अलनेपाल सार्वजनिक प्रर्दशनमा आँउदैछ ।
For More videos Log on to Mazzako TV








