हमालविना के हुन्थ्यो नेपाली फिल्म ?
अभिनेता राजेश हमाल आजबाट ५३ बर्षमा प्रवेश गरेका छन् । हुनत, हमालको उमेरलाई लिएर विभिन्न खालका अड्कलबाजी भैरहेको पाइन्छ ।

पाल्पाको तानसेनमा जन्मिएका अभिनेता हमाल नेपाली फिल्म क्षेत्रका सुपरस्टार हुन् । जसले नेपाली फिल्मलाई करिब २ दशक एकलौटी रुपमा हाकेका थिए ।
हमालले अभिनय गरेको पहिलो फिल्म ‘यूगदेखि यूगसम्म’ हो । यो फिल्ममा अभिनय गरेपछि हमाललाई कहिले पनि पछाडि फर्किएर हेर्नु परेन । अभिनेता हमालले अभिनय गरेका ‘देउता, भाउजु, अल्लारे, बसन्ती’ लगायतका फिल्म चर्चामा छन् ।
उनी आज नेपाली फिल्म क्षेत्रमा खासै व्यस्त छैनन् । विशेषगरि, बिहे गरेपछि हमालको क्रेज र सक्रियता दुबै घटेको हो । तर, पनि हमालको नाम नेपाली फिल्म क्षेत्रमा उचो रुपमा लिइन्छ ।
For More videos Log on to Mazzako TV







