प्रतिक्षित फिल्ल ‘प्रेमगीत २’ को ‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जहाँ रारा तालको सौन्दर्य मज्जाले कैद गरिएको छ । गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश छ । गीतमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरी फिचरिङ भएका छन् । गीतमा रोहितले रक र नेपाली फोक जानरा मिश्रण गरेका छन् ।

रारा तालको सौन्दर्यलाई पुरुषोतम प्रधानले छायांकन गरेका छन । साउन १३ गते रिलिज हुने फिल्मलाई रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता हुन् । यस अघि शीर्ष गीत रिलिज भैसकेको छ, भने चर्चा पनि राम्रै कमाई सकेको छ । यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए ।  भिडियो हेर्नुस :

For More videos Log on to Mazzako TV