सात बर्षपछि नीशा र गजित एकसाथ, ‘पोखराकी काली’मा के गर्दै ?
फिल्म ‘मायाँज बार’ जोडी गजित बिष्ट र निशा अधिकारी अहिले एउटा फिल्ममा एकसाथ काम गरिरहेका छन् । सात बर्षपछि यो जोडीलाई दर्शकले पर्दामा एकसाथ देख्न पाउनेछन् । विमल पौडेलको निर्देशनमा तयार भैरहेको फिल्म ‘पोखराकी काली’मा यो जोडी एकसाथ देखिएको हो ।

चितवनमा यो फिल्मको हाल धमाधम छायांकन भैरहेको छ । फिल्मा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरविर पण्डित लगायतका कलाकारको अभिनय रहनेछ । रेड हाउसको ब्यानरमा निर्माण भैरहेको फिल्ममलाई ४० दिनमा सक्ने निर्देशक पौडेलको भनाई छ । फिल्मलाई कमेडी कथामा निर्माण गरिनेछ ।








