सुनसान शैलीमा हलमा फिल्म रिलिज गर्न लागेकी अभिनेत्री ऋचा शर्माले वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा आफू निर्मित फिल्म ‘आधा लभ’को प्रिमियर गरिन् ।

ऋचा अभिनित तथा निर्मित फिल्म हेर्नका लागि केही पत्रकार र कलाकार हलमा पुगे । अभिनेत्री स्वेता खड्का, रीमा विश्वकर्मा, करिश्मा मानन्धर, गौरी मल्ल, अभिनेता खगेन्द्र लामिछाने लगायत हलमा पुगेका थिए ।

अर्पण थापाको निर्देशनमा तयार भएको यो फिल्म शुक्रबारबाट हलमा लाग्दैछ । फिल्म हेरेका सबैले यसलाई आर्ट मुभि बताए । मसलेदार फिल्म भन्दा केही पर हटेर ऋचाले फिल्म निर्माण गरेको फिल्मीकर्मीको भनाई थियो ।

For More videos Log on to Mazzako TV