करिश्मा र रीमा, जो प्रिमियरमा छुट्दैनन्
दर्शकले अभिनेत्रीद्धय करिश्मा मानन्धर र रीमा विश्वकर्माका तस्बिर मिडियामा विरलै देख्न पाउछन् । कारण, दुबै जना फिल्मको काममा व्यस्त छैनन् ।

तर, कुनै फिल्मको प्रिमियरमा भने करिश्मा र रीमालाई देख्न सकिन्छ । यी दुई अभिनेत्री प्राय निम्तो आएका सबै फिल्मका प्रिमियरमा पुगेको देख्न सकिन्छ ।
अहिले नेपाली फिल्मका कलाकारहरु अरु अभिनित फिल्मको प्रिमियरमा पनि पुगेर त्यसलाई आफ्नो तरिकाले प्रमोशन गरिरहेका छन् ।
अभिनेता-अभिनेत्रीको उपस्थिती दरिलो हुँदा रेड कार्पेट पनि रंगिन देखिन्छ । करिश्मा र रीमा रंगिन कार्पेटमा ग्ल्यामर भर्न अझ माहिर छन् । 








