‘म यस्तो गीत गाउँछु’को मन मैंलो भो (कभर भिडियो)
प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ को डान्सिङ विटको ‘किन आजकाल तिम्रो मन मैंलो भो’ बोलको गीतमा कभर भिडियो बनेको छ । भिडियोलाई रोशनी राज्यलक्ष्मी शाह र उनको समुहले बनाएको हो । केशव उपाध्यायको कोरियोग्राफी रहेको छ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको ‘भन्छु आज’ गीत यतिखेर चर्चामा छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर यही शुक्रबार रिलिज हुँदैछ भने फिल्म असार ३१ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । अर्जुन पोखरेलेका संगीत रहेको फिल्मका दुई गीतका भिडियो भने रिलिज हुंन बाँकी छन् । कभर भिडियो हेर्नुस् :








