निर्माता बनेपछि पनि सुनसान ऋचा
अहिले कलाकारहरु निर्माता बन्ने लहर नै चलेको छ । फिल्म क्षेत्रमा लामो समयसम्म टिक्नकै लागि भएपनि कलाकारहरु निर्माताको रुपमा अगाडि आउन थालेका छन् । आफ्नै ब्यानरबाट फिल्म बनाउँदा लामो समयसम्म यो क्षेत्रमा रहिरहने वुझाई उनीहरुको छ । 
अभिनेत्रीहरु निर्माता बन्दा उनीहरुको बजारमा ठूलो चर्चा हुन्छ । तर, फिल्म ‘आधा लभ’बाट निर्मात्री समेत बनेकी अभिनेत्री ऋचा शर्माको भने खासै चर्चा छैन । न त उनी मिडियामा आइन् न त मिडियाले नै उनलाई खोज्यो ।
फिल्मको ट्रेलर रिलिजमा केही मिडियालाई निम्तो गर्नुबाहेक ऋचाले अन्य कुनै पत्रकार भेटघाटको आयोजना पनि गरिनन् ।
उनी निर्मित तथा अभिनित यो फिल्म शुक्रबारबाट रिलिज हुँदैछ । तर, उनले यो फिल्म बनाएर रिलिज गर्दैछिन् भन्ने दर्शकलाई खासै थाहा छैन । हुनत, ऋचा अरु ब्यानरका फिल्ममा काम गर्दा पनि त्यती साह्रो लाइमलाइटमा आउने अभिनेत्री होइनन् । तर, आफै फिल्म बनाउँदा पनि ऋचा गुमनाम नै देखिइन् ।
For More videos Log on to Mazzako TV







