नेपालमा फिल्म बनाउनु भन्दा रिलिज गर्नु गाह्रो काम हो भन्ने त सबैलाई थाहा छ । झन्, पछिल्ला दिनहरुमा व्यस्त भनिएका केही कलाकारले प्रचारमा साथ नै नदिदा निर्माताहरु थप समस्यामा परेका छन् ।

एउटा फिल्ममा काम गरेपछि आफ्नो दायित्व सकिएको ठान्ने धेरै चल्तीका कलाकारका कारण निर्माताहरु समस्यामा छन् । कलाकारले साथ नदिएपछि नेपाल चलचित्र निर्माता संघमा निर्माताहरुले उजुरी समेत दिन थालेका छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अहिले केही उजुरी यो बिषयमा परेका छन् ।

उनले यो बिषय गम्भिर भएकाले यसलाई समाधान गर्न आवश्यक रहेको बताए । आकाशले भने-‘हामी सरोकारवाला निकायसँग बसेर यसको समाधान खोज्छौ । को कसरी जाने भन्ने समझदारी हुन जरुरी छ ।’

दुबै पक्षलाई हानी नपुग्नेगरि यसको समाधान गर्नुपर्ने आकाशको भनाई छ ।

For More videos Log on to Mazzako TV