निखिलको फिल्ममा साली हिरोइन
अभिनेता निखिल उप्रेतीले आफूले निर्देशन तथा अभिनय गर्ने एक महंगो बजेटको फिल्ममा आफ्नी सालीलाई नै हिरोइन बनाउने भएका छन् । उनले, पत्नी अभिनेत्री संचिता लुइटेलकी बहिनी शिवानी लुइटेललाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरेका हुन् । शिवानीले आजैबाट फिल्मको सेट जोइन गरेकी छिन् । 
निखिलको ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नामक फिल्ममा केही बलिउडका कलाकारको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकनका लागि बलिउड कलाकार रन्जित नेपाल आइसकेका छन् ।
अभिनेत्री संचिता लुइटेलले बहिनी शिवानीले फिल्ममा काम गर्न लागेको पुष्टी गरिन् । नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर, अमेरिका लगायतका देशमा फिल्मको छायांकन हुने निखिलको भनाई छ ।
For More videos Log on to Mazzako TV







