निखिल उप्रेतीको अर्काे प्रोजेक्ट ‘कमिटमेन्ट’ को मंगलबार देखि छायाँकन सुरु गरिएको छ । फिल्मको ललितपुरस्थित च्यासलदेखि आइटम डान्सबाट सुटिङ सुरु भएको हो । निखिलको आफ्नै निर्माण तथा निर्देशन रहेको ‘कमिटमेन्ट’ नेपाल, अमेरिका र स्विजरल्याण्डमा छायाँकन हुने छ ।  नेपाली र हिन्दी गरी दुई भाषामा डव हुने फिल्मको लगानी मात्रै तीन करोड लाग्ने अनुमान छ ।

निखिलले उक्त प्रोजेक्टमा केही भारतिय कलाकारहरुलाई  समेत अभिनय गराउँदै छन् । बलिउडका गोपाल वेदी ‘रञ्जित’ नेपाल आइसकेका छन् । बलिउडमा गोपाल वेदी भिलेनको रुपमा चर्चित कलाकार हुन् । यस्तै निखिलको फिल्ममा बलिउडकै नान्सीले आइटम पस्किनेछिन् । उनी समेत नेपालमै छिन् । फिल्ममा रञ्जित र नान्सीसँगै यजी शिंदे, अली जफर लगायतको पनि अभिनय रहने बताइएको छ । वितरक गोपालकाजी कायस्थका अनुसार ‘कमिटमेन्ट’ भारत र नेपालमा एकसाथ रिलिज हुने छ । फिल्मले भारतबाटै लगानी उठाउँने उनको भनाई छ । साठ्ठी घण्टा भित्र पुरा गर्नु पर्ने प्रतिवद्धता भित्र फिल्मको कथा घुम्नेछ ।

For More videos Log on to Mazzako TV