पूजाले डबिङमा के के बोलिन् ?

गीतसंगीतका कारण चर्चामा आइसकेको फिल्म ‘म यस्तो गीत गाउँछु’मा कस्ता संवाद होलान् ? दर्शकले के यसपटक पनि अभिनेत्री पूजा शर्मालाई चटपटे भूमिकामा देख्न पाउलान् त ?
अभिनेत्री पूजा शर्माले डबिङ गरिरहेको स्थानमा पुग्दा उनी चटपटे र गम्भिर संवादहरु बोलिरहेकी थिइन् । असार ३० गतेबाट रिलिज हुने यो फिल्ममा पूजा शर्मा र अभिनेता पल शाहको मुख्य भूमिका छ । फिल्मलाई सुदर्शन थापाले निर्माण तथा निर्देशन गरेका हुन् ।
डबिङका क्रममा पूजाले संवाद बोलिन्-‘ फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’
पूजाले फेरि अर्को रमाइलो संवाद बोलिन्-‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’
For More videos Log on to Mazzako TV







