हुनत, अभिनेत्री नीशा अधिकारी फिल्म ‘पञ्चायत’की कलाकार होइनन् । यो फिल्मको मुख्य भूमिकामा अभिनेत्री नीता ढुंगानाले काम गरेकी छिन् । तर, फिल्मको रेड कार्पेट प्रिमियरमा भने अभिनेत्री अधिकारी पुगिन् । चितवनको इन्द्रदेव हलमा आयोजित फिल्मको शोमा नीशा बिशेष आकर्षणमा रहिन् ।

फिल्मका कलाकार, निर्माता, निर्देशक उपस्थित शोमा फिल्मीकर्मीहरु पनि सहभागी भएका थिए । ५० बर्ष अगाडिको कथामा तयार पारिएको यो फिल्मलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, नीता ढुंगाना, गीता अधिकारी, रुपा राना, गणेश गिरी लगायतका कलाकारको अभिनय छ ।

फिल्म हेरेपछि अभिनेत्री नीशा अधिकारीले यसको कथावस्तु आफूलाई मन परेको बताइन् । सुशान्तकुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रवि अधिकारी हन् । फिल्म हेर्नका लागि शोभित बस्नेत, बिमल पौडेल, निशा अधिकारी, गजित बिष्ट लगायतका फिल्मीकर्मी चितवन पुगेका थिए ।

For More videos Log on to Mazzako TV