अब नेपाली फिल्मले लगानी उठाउन १० करोड कमाउनुपर्छ
तपाइलाई समाचारको शिर्षक पढेर अचम्म लाग्यो होला । तर, पछिल्ला घटनाक्रमलाई हेर्ने हो भने अब नेपाली फिल्मले लगानी उठाउन १० करोड माथिको व्यापार गर्नुपर्ने देखिएको छ । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा वितरक प्रदिप कुमार उदयले यसको चर्चा गरे । 
नेपाली फिल्मका कलाकारले १५ लाख भन्दा धेरै पारिश्रमिक लिन थालेको, निर्देशकले पनि २० देखि २५ लाखसम्म लिन थालेको समाचार सार्वजनिक भएपछि उदयले यस्तो बताएका हुन् । उनले भने–‘कि त यी कुराहरु हल्ला मात्र हुन् । कि त अब नेपाली फिल्म ३ करोड घटीमा बन्न नै सक्दैनन् ।’
अहिले नेपाली मिडियामा कलाकारले उच्च पारिश्रमिक लिएको, निर्देशक पनि महंगा भएका समाचार सार्वजनिक भैरहेका छन् । यसले, अहिले नेपाली फिल्मको व्यापार घट्दै जादा लगानी र कलाकार महंगा भएको भन्दै बहस हुन थालेको छ ।
For More videos Log on to Mazzako TV







