शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘रातो घर’को वुधबार काठमाण्डौको बीग मुभिजमा प्रिमियर गरिएको छ । सुरज सुब्बाले निर्देशन गरेको यो फिल्मले झापामा हुने गरेको फरक फरक ग्याङ र डनहरुको कथालाई प्रस्तुत गरेको छ ।

विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्म हेर्न अभिनेत्रीहरुको बाहुल्यता रहेको थियो । अभिनेत्रीहरु करिश्मा मानन्धरदेखि पूजा शर्मा, माला लिम्बु, सुरक्षा पन्त, सुरविना कार्की हलमा देखिए । पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि हलमा पुगेकी थिइन् ।

फिल्म हेर्ने सबैले यसको प्रस्तुती, फरक कथावस्तुको प्रशंसा गरे । झापामा हुने ग्याङ फाइट, कालो धन्दाको कथालाई सुरजले फिल्ममा उतारेका छन् ।

For More videos Log on to Mazzako TV