फिल्म त खेल्छिन्, तर प्रचारमा किन हिड्दिनन् मेनुका ?
अभिनेत्री मेनुका प्रधानका एक साताको अन्तरमा ३ वटा फिल्म रिलिज हुँदैछन् । जेठ १२ गतेबाट फिल्म ‘हिटलर’ रिलिज भैसकेको छ । जेठ १९ मा उनी अभिनित फिल्म ‘जालो र रातो घर’ रिलिज हुँदैछन् । 
तर, दुर्भाग्य नै भन्नुपर्छ, यी तिनै फिल्मका निर्माताले मेनुकाको अनुहारसम्म देखेनन् । केही निर्माताले फोन गरेर उनलाई प्रचारमा सहभागी हुन आग्रह पनि गरे । तर, मेनुका अर्कै प्रोजेक्टमा व्यस्त छु भन्दै पन्छिइन् ।
फिल्म ‘हिटलर’ले मेनुकालाई फिल्मको प्रचारमा नपाउँदाको परिणाम भोगिसकेको छ । अब ‘जालो र रातो घर’ले मेनुकाको साथ नपाउँदा कस्तो परिणाम भोग्छन् त्यो जेठ १९ पछि थाहा हुनेछ ।
तर, फिल्म खेल्ने, प्रचारमा नहिड्ने कलाकारको बानी भने अचम्मकै छ ।
For More videos Log on to Mazzako TV







