नेपाल चलचित्र संघले पनि अब अवार्डलाई निरन्तरता दिने भएको छ । विगत केही बर्षदेखि ‘नेपाल मोसन पिक्चर एसोसियसन अवार्ड’ गर्दै आइरहेको थियो । तर, कारणबस निरन्तर हुन नसकेको अवार्ड अब हुने भएको छ ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘नेम्पा फिल्म अवार्ड २०१७’को आयोजना गर्ने जानकारी दिएको छ । यो अवार्ड अमेरिकामा आयोजना हुनेछ । १८ विधामा अवार्ड आयोजना गरिने अवार्डमा १ जना फिल्मीकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ । सन् २०१७ को सेप्टेम्बरमा अमेरिकाका विभिन्न राज्यमा यो अवार्ड आयोजना हुनेछ ।

उक्त कार्यक्रममा ४० जना फिल्र्मीकर्मीले सहभागीता जनाउनेछन् । यस्तैगरि, सन् २०१८ मा यो अवार्ड अष्ट्रेलियामा आयोजना हुनेछ । आउँदा बर्षहरुमा पनि अवार्डलाई निरन्तरता दिने आयोजकले बताएको छ । चलचित्रले संघले नेपाली फिल्म र विद्यार्थीहरुमाथि ‘सिने क्विज र मुभि अफ द मन्थ’ पनि संचालन गर्ने निर्णय गरेको छ ।

सन् २०१७ को अवार्डका लागि वि.सं २०७३ मा रिलिज भएका फिल्महरु दर्ता गर्न संघले निर्माताहरुसँग आह्वान पनि गरेको छ ।

For More videos Log on to Mazzako TV