कमलेले पिताले हेरेको केटीसंग बिहे गर्ला त ? (ट्रेलर)
एक्सन नायक अनुप बिक्रम शाहि अभिनित कमेडी जनराको फिल्म ‘कमलेको बिहे’को ट्रेलर सार्वजनिक भएको छ । सधै एक्सन भूमिका निभाउर्ने अनुप यस फिल्म भने सोझो गाउँले पत्रको रुपमा देखिएका छन् । प्रसन्न पौड्याल निर्देशित फिल्म श्रावण महिनामा रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ । सरिता लामाले फिल्मलाई निर्माण गरेकी हुन् । नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार भएको निर्देशन पौड्याल बताउँछन् ।

महेश दवाडीको कथा रहेको ‘कमलेको बिहे’ मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् । राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको फिल्ममा समावेश गीतमा शिवाकोटीसँगै माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ । सम्राट वस्नेतको द्वन्द्व रहेको फिल्मका दिपकमान सिंह नृत्य निर्देशक हुन् । विदुर पाण्डेले खिचेको फिल्मका तारा थापा ‘किम्भे’ सम्पादक हुन् ।
हेर्नुहोस ट्रेलर :
For More videos Log on to Mazzako TV








