शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कारोबार गरेको छ । जेठ १२ गते शुक्रबारदेखि रिलिज भएको फिल्मले आइतबारसम्म आइपुग्दा करिब ३३ लाख भन्दा बढी रकम निर्मातालाई फिर्ता गरिसकेको छ ।

निर्माता सुवास गिरीका अनुसार फिल्मले पहिलो दिन ३० लाख, दोश्रो दिन ७० लाख र तेश्रो दिन १४ लाखको कारोबार गरेको हो ।
उनका अनुसार, काठमाण्डौका केही मल्टिप्लेक्स र काठमाण्डौ बाहिर पनि शो र हल थपिएका छन् । वर्ड अफ माउथ सुखद भएपछि दिनेश राउत निर्देशित फिल्मलाई व्यापारको बलियो आधार मिलेको छ ।

नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएका हुन् । सोमबारको सार्वजनिक बिदाको फाइदा फिल्मले उठाउने देखिएको छ ।

For More videos Log on to Mazzako TV