कसरी आइपुगिन् ‘फाटेको जुत्ता’मा बर्षा ?
अभिनेत्री बर्षा राउत छायांकन भैरहेको फिल्म ‘फाटेको जुत्ता’मा अनुवन्धित भएकी छिन् । फिल्म घोषणाको समयमा अभिनेत्रीको नाम उल्लेख थिएन । तर, अहिले उनी विरगञ्जमा धमाधम फिल्मको छायांकन गरिरहेकी छिन् ।

आखिर कसरी आइन् त यो फिल्ममा बर्षा राउत ? निर्माता अर्जुन कुमारका अनुसार अभिनेत्रीले अरु फिल्ममा काम गरिरहेकाले भ्याउने कि नभ्याउने भन्ने पक्का थिएन । यसैले, उनको नाम नलिइएको अर्जुनले बताए ।
उनका अनुसार, यो फिल्ममा बर्षा अभिनेता कामेश्वर चौरासियाको जोडीको रुपमा देखिदैछिन् । निकेश खड्काले निर्देशन गरिरहेको फिल्मको करिब २२ सिन खिचिएको निर्माणपक्षले बताएको छ । सौगात मल्ल, प्रियंका कार्की, बर्षा राउत, कामेश्वर चौरासियाको यो फिल्ममा मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







