गायक तुल साम्सुहाङको ‘सुरुवात’ (भिडियो)
गायक तुल साम्सुहाङ राईको पहिलो गीतिएल्बम ‘सुरुवात’ शुक्रवार काठमाडौंमा सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार गणेश रसिक, गायिका कुन्ति मोक्तान, कलाकार प्रकाश आङ्देम्बे तथा साहित्यकार उपेन्द्र सुब्बाले संयुक्त रुपमा उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

विगत चार वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका गायक राईको एल्बममा सात वटा गीतहरु समावेश छन् । एल्बमका गीतमा बाबु बोगटी, किरण गजमेर, डम्बर नेपाली, प्रताप सुब्बा, गणेश सेन्चुरी, प्रवेश राई तथा टंक बुढाथोकीले संगीत गरेका छन् । एल्बममा सौरभ तिम्सिना, डम्बर न‘ेपाली, प्रताप सुब्बा, नविन प्राचिन, विश्वास लामा तथा टंक बुढाथोकीको शब्द रहेका छन् । ‘सुरुवात’ एल्बमका सबै गीतहरु अमेरिकामै रेकर्डिङ गरिएका हुन् । कार्यक्रममा ‘माया साराङहे’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।

उक्त अवसरमा गायक राईले हास्य अभिनेता शुलेमान शंकर ‘इकु’ द्वारा मुलपानीमा सञ्चालित स्नेह आश्रमका लागि नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरे । यसका साथै एल्बमको विक्रिबाट आएको रोयल्टीको ४० प्रतिशत रकम पनि उक्त आश्रमलाई प्रदान गर्ने घोषणा गरे । भिडियो हेर्नुस :
For More videos Log on to Mazzako TV








