हलिउड प्रोजेट ‘एक्सा’ छायाँकन नेपालमा
हलिउड मोडल जुली डुवल अहिले एउटा प्रोजेट ‘एक्सा’ छायाँकनका लागि युनिट सहित नेपालमा छिन् । हलिउडको उक्त प्रोजेटका लागि नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टर जनकदीप पराजुली हुन् । भुकम्पको कथामा बन्ने ‘एक्सा’मा एक भोलिन्टियरको वरिपरि कथा घुम्नेछ । राजधानीका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा जुलीका अलवा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालले समेत अभिनय गरिरहेका छन् ।

छायाँकनका लागि मुख्य प्राबिधिक हलिउडबाट आएका हुन, भने केही प्राबिधिक नेपालका पनि छानिएका छन् । भुकम्पको बेला भोलिन्टिएरले साट्ने सुख दुःख समेत प्रोजेटमा समेटिने छ । नेपाल पछि ‘एक्सा’ फ्रान्स र बैंककमा समेत छायाँकन हुने बताइएको छ ।
For More videos Log on to Mazzako TV







