फिल्म ‘के म तिम्रो होइन र’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन्, मरिष्का पोखरेल । मरिष्काले यसपछि फिल्म ‘चपली हाइट २’मा काम गरिन् । उनी, अभिनित तेश्रो फिल्म ‘लम्फू’को पनि छायांकन सकिएको छ ।

नेपाली फिल्ममा नयाँ नयाँ अभिनेत्रीको आगमन भैरहेको छ । यसमध्ये, थोरैले मात्र अत्याधिक चर्चा पाउने गरेका छन् । मरिष्का हिट हुन् कि हट ? अहिले यो प्रश्न फिल्म बजारमा चर्चाको बिषय बनेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा पनि मरिष्का हट बनेर पुगेकी थिइन् । मरिष्काका फोटोसुटदेखि सार्वजनिक कार्यक्रममा पुग्दाका तस्बिर हट लाग्छन् ।

तर, मरिष्कालाई हिट हुने भने अझै केही समय पर्खनुपर्ने देखिएको छ । तर, अहिलेको प्रतिस्पर्धात्मक यूगमा मरिष्कालाई पनि चाडो भन्दा चाडो आफ्नो स्थान बनाउन जरुरी छ ।

For More videos Log on to Mazzako TV