अभिनेता जीवन लुइटेल अब नेपाली फिल्मबाट हराए जस्तै देखिएका छन् । २ बर्ष अगाडि नेपाली फिल्ममा राज गरेका जीवन अहिले अमेरिकामा छन् । जीवन नेपाल आउँदा सामान्य चर्चा भएपनि विदेश पुगेपछि भने हराउँछन् । पछिल्ला २ बर्ष उनी अभिनित फिल्म नै नचलेपछि उनलाइ निर्माताले पनि पत्याउन छाडेका हुन् ।

जीवन लुइटेल हराइरहँदा अभिनेता आर्यन सिग्देल भने करिब १ बर्षपछि चलमलाउने कोशिश गर्दैछन् । उनी, अभिनित फिल्म ‘होमवर्क’ असफल भएपछि आर्यनले विश्राम लिए । अब, भने उनलाई अभिनेत्री रेखा थापाकै भर छ ।

आर्यन, ८ बर्षपछि रेखा थापासँग बोलचाल गर्दै अगाडि मात्र बढेका छैनन्, उनीसँग फिल्म पनि खेल्दैछन् । नयाँ नयाँ कलाकारको चर्चा बढेको समयमा आर्यनलाई त्यो पुरानो स्थान बनाउन सजिलो होला र ?

For More videos Log on to Mazzako TV