नेपाली फिल्ममा चुनाव र ‘बाहुवली २’को चर्को प्रभाव
वैशाखमा धेरै फिल्म रिलिज हुन्थे । तर, ‘बाहुवली २’ नामक फिल्म रिलिज हुँदा वैशाख १ गतेपछि कुनै फिल्म नै रिलिज भएनन् । जसको प्रत्यक्ष असर नेपाली फिल्मले आगामी दिनमा भोग्नेछ ।

वैशाखमा रिलिज हुने भनेर तयारी अवस्थामा रहेका फिल्म सो महिनाको अन्तिम दिन स्थानिय निकायको निर्वाचन भएपछि पछि सरे । अब ती फिल्म कुनै नै कुनै फिल्मसँग जुध्नेछन् ।
स्थानिय निर्वाचनको मतगणना अझै जारी छ । निर्वाचन सकिएको ९ दिन भैसक्दा पनि स्थानिय निर्वाचनको मतगणना जारी छ र महानगरको मेयर पदको टुंगो लागेको छैन । चुनावका कारण रिलिजमा आएको ‘डायरी’को व्यापारमा केही फरक पार्यो । जेठ १२ गतेबाट रिलिज हुन लागेका २ फिल्म ‘पर्व र हिटलर’का निर्मातालाई पनि स्थानिय निर्वाचनको प्रभावन पर्ने हो कि भन्ने डर छ ।
जेठ ३१ मा फेरि स्थानिय निर्वाचनको दोश्रो चरणको चुनाव हुँदैछ । जसले, असारमा रिलिज हुने केही फिल्मलाई असर पार्ने देखिएको छ ।
यो बर्षको माघसम्म नेपालमा प्रदेश र संसदिय निर्वाचन गर्नुपर्नेछ । यसैले, यो बर्ष धेरै फिल्म जुध्ने संभावना बढेर गएको छ ।








