‘भन्छु आज’को यस्तो छ मेकिङ भिडियो

असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को मेकिङ भिडियो रिलिज भएको छ । गीतले युटुबमा २३ लाख भन्दा बढी दर्शक पाएपछि निर्माता तथा निर्देशक सुदर्शन थापाले मेकिङ भिडियो तयार पारेका हुन् । निकै जोखिम शैलीमा यो गीतको भिडियो खिचिएको देख्न सकिन्छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।
यो गीतमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र पल शाहलाइ फिचर गरिएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मले प्रेमको कथालाइ उठान गरेको छ । मेकिङ भिडियोमा पल र पूजाले जोखिमपूर्ण शैलीमा गीतको छायांकन भएतापनि आफूहरुका लागि यो पल सधैभर याद आउने बताए ।








