हातमा रुमाल हल्लाउँदै कमलेसँग चमेलीको ‘टाकान टुकुन’
फिल्म ‘कमलेको बिहे’ को ‘हातमा रुमाल हल्लाउँदै’ बोलको गीत रिलिज भएको छ । पछिल्लो समय नेपाली फिल्ममा लोक लयको संगीत सृजना गर्न सिपालु राजनराज सिवाकोटीले संगीत दिएको गीतमा संगीतकार सिवाकोटी र माण्डवी त्रिपाठीको स्वर छ । शब्द पनि सिवाकोटीकै हो ।

दिपकमान सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिका सन्ध्या केसी, अनुपविक्रम शाही र विनोद न्यौपानेको नृत्य छ । प्रशन्न पौडेलको निर्देशन रहेको फिल्म ‘कमलेको बिहे’ मा साउन महिनामा रिलिज हुने लक्ष्य राखिएको छ । भिडियो हेर्नुस् :
फिल्मको ट्रेलर जेठ १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा अनुप कमले र सन्ध्या चमेलीको भूमिकामा प्रस्तुत भएका छन् ।
For More videos Log on to Mazzako TV







