सानो पर्दा र ठुलो पर्दाका चर्चित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा  यतिबेला सधै जिमखाना धाँउछन् । जिमखानामा अभ्यास गर्दै गरेको फोटो पनि उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

‘निर्मलजी, ज्यान बनाएर चलचित्रमा नायकको रुपमा आँउदै हुनुहुन्छ जस्तो छ नि ?’ मज्जाको अनलाईनको प्रश्नमा उनी  मुस्कुराउदै भन्छन्, ‘सिनेमामा ज्यान देखाउन मात्रै होईन स्वस्थ रहन पनि जिमखाना त जानै पर्ने भयो ।  सिनेमाको लागि भन्दा पनि फिजीकल्ली फिट रहनको लागि हो । फेरि आजकाल नायक हुनको लागि ज्यान बनाउनै पर्दैन अभिनय भए पुग्छ ।’

निर्मल ३० महिना देखि निरन्तर शारीरिक अभ्यासमा छन् । उनी स्वस्थ रहनको लागि बाँस्केटबल, साईक्लिङ्ग, स्विमिङ्ग पनि गर्छन् ।  खानपानमा पनि निकै ध्यान दिन्छन् । उनले यो अवधिमा १४ केजी वजन पनि घटाईसकेका छन् ।

For More videos Log on to Mazzako TV