चर्चित संगीतकार बसन्त सापकोटा पछिल्लो समय आफ्नै आवाजमा गीत समेत रेकर्ड गर्न थालेका छन् । उनको आवाजमा रहेको डान्सिङ्ग नम्बर ‘जोबन देखि दिक्क’ले यतिबेला दर्शकको मन जितिईरहेको छ । संगीतकार सापकोटा र गायिका रन्जिता प्रसाईको आवाजमा रहेको यस गीतको भिडियोमा ‘क्रिस्टल क्लज् क्रु’को मज्जाको डान्स र फन मुभमेन्टहरु हेर्न पाईन्छ ।

थुप्रै चलचित्रहरुमा दर्जनौ हिट गीत सृजना गरेका संगीतकार सापकोटाले यसअभि पनि केही गीतहरुमा आफ्नो स्वर भरेका थिए । सार्वजनिक ‘जोबन देखि दिक्क’ बोलको गीतमा संगीत मात्रै होईन शब्द पनि उनैले कोरेका हुन् । गीतको भिडियोलाई सन्देश ठकुरी र प्रकास गुरुङ्ले मिलेर निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV