‘करोडपति’मा व्यस्त नायिका नीताको सिउँदोमा सिन्दुर ?
ब्यसायीक रुपमा फिल्महरु सफल नभएता पनि नायिका नीता ढुंगानालाई निकै ब्यस्त छिन् । गत बर्ष ‘लेकसाइड’, ‘निर्भय’ फिल्म रिलिज भएपनि नीतालाई ब्यसायीक रुपमा सफलता दिलाएनन् । नायिका ढुंगाना अहिले नायक आर्यन अधिकारीसँग फिल्म ‘करोडपति’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ । मंगलवार साँझ नीताले आफ्नो फेसबुक मार्फत एउटा फोटो सार्वजनिक गरेकी छिन् । उनले शेयर गरेको उक्त फोटोले फ्यानहरुलाई अचम्मीत बनाई दियो । नायक आमेश भण्डारीससँग ब्रेकअप भएपछि अहिले एक्ली भएकी नीताको सिउँदोमा सिन्दुर लगाएको फोटो पोष्ट भएको थियो । नीताले उक्त फोटो फेसबुकमा शेयर गरेपछि उनका प्रशंसकहरुले कमेन्टमा एउटै प्रश्न गरेका छन् कि ‘तपाईको विवाह कहिले भयो ?’

खासमा नीताले एक सुपर क्वालिटी प्रोडक्टको विज्ञापनमा नायक प्रमोद अग्रहरीको श्रीमतीको भूमिका निर्वाहा गरेका कारण सिउँदोमा सिन्दुर लगाएकी हुन् । पछिल्लो समय नीताले म्यूजिक भिडियो र विभिन्न कम्पनीका विज्ञापनहरुमा समेत देखिएकी छिन् ।








