गायक किशोर शिवाकोटीको चित्कार ‘आमा तिमी कहाँ छौ ?’ (भिडियो)
गायक किशोर शिवाकोटीको आवाजमा रहेको ‘आमा तिमी कहाँ छौ ?’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नी ममतामयी स्वं. माताको सम्झनामा गायक स्वयंले गीतमा शब्द संगीत भरेका हुन् । गीतको अडियोलाई धेरैले मन पराएका छन् भने अब भिडियोले पनि दर्शकको मन छुने देखिएको छ । सार्वजनिक यस गीत केही समय अघि शिवाकोटीले निकालेको ‘ट्रिब्युट’ एल्बममा समावेश रहेको थियो । एल्बममा अन्य गीतहरुको भिडियो यसअघि नै बजारमा आईसकेका छन् ।

किरण चाम्लिङ्ग राईको निर्देशनमा बनेको यस भिडियोमा रंगमञ्चकी चर्चित कलाकार सरिता गिरीले अभिनय गरेकी छिन् । त्यस्तै भिडियोमा सागर थापा र आरोग्य गिरीको पनि अभिनय हेर्न पाईन्छ । आमा र सन्तानको अतुलनीय सम्बन्ध बर्णन गीति भिडियोले गरेको छ । ‘यस अघिका मेरा केशेलीहरु झै यो गीतले पनि आम दर्शक स्रोताको मन छुने कुरामा विश्वस्त छु’, गायक शिवाकोटी भन्छन्, ‘जतिले गीत हेर्नुभएको छ निकै राम्रो प्रतिक्रिया दिनुभएको छ ।’ भिडियोलाई नविन बाबु गुरुङ्गले खिचेका हुन् भने प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV








