नेपाल चलचित्र संघको सुनसरीको ईटहरीमा नयाँ शाखाकोे भवन शिल्यान्यास भएको छ । हल सञ्चालक र चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको ईटहरीको आईतबारेमा भवनको शिल्यान्यास गरिएको छ । १ कठ्ठामा बन्ने दुई तले पक्की भवनको चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल तथा संघका नवनिर्वाचित अध्यक्ष प्रदीप उदय र पूर्वाञ्चल सभापति चैतन्य बरालले संयूक्त रुपमा शिल्यान्यास गरेका हुन् ।

चलचित्र संघका अध्यक्ष प्रदीप उदयले पूर्वाञ्चल क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई प्रोत्साहन गर्ने तथा संघलाई अझ बलियो बनाउनका लागि संघको उक्त एक कठ्ठा जग्गामा भवन निर्माण गर्न लागेको बताए । साथै, संघको पूर्वाञ्चल भेलाले नेपाल चलचित्र संघको वृहतर हितमा एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । अध्यक्ष प्रदीप उदयका अनुसार, ५० लाखको लागतमा १ बर्ष्भित्र संघको २ तल्ले भवन निर्माण हुनेछ ।

For More videos Log on to Mazzako TV