नमज्जाको खबर, भोट खसालेर घुम्न निस्किएका कलाकार परियारको हत्या
नमज्जाको खबर, कलाकार विक्रम परियारको हत्या भएको छ । विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिया कलाकार परियारको स्थायी घर तनहुँको व्यास नगरपालिका, वडा १ मा भोट हालेर घुम्न निस्कंदा अज्ञात समुहले आक्रमण गरी हत्या गरेको हो ।

काठमाण्डौंमा बसेर कलाकारिता गर्दै आइरहेका उनी स्थानिय चुनावमा भोट हाल्न घर गएका थिए । भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला ५, ६ जनको समुहले आक्रमण गरी उनको हत्या भएको हो । आक्रमणकारीको पहिचान भएको छैन । स्व.कलाकार परियारका एक श्रीमती, एक छोरा र छोरी छन् । उनले चर्चित टेलिफिल्म ‘दलन’ र केही फिल्महरुमा समेत अभिनय गरेका थिए ।









